Wednesday, September 23, 2026
Home ताजा अपडेट चुराको गोदाममा आगलागी, एक जनाको मृत्यु

चुराको गोदाममा आगलागी, एक जनाको मृत्यु

81
सांकेतिक तस्विर

नेपालगञ्ज । चुराको गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५, रामबागमा मो. आरिफ अन्सारीले राखेको चुराको गोदाममा आगलागी हुँदा उनका साला नाता पर्ने समीर वलीको जलेर मृत्यु भएको हो।

आइतबार बिहान ५ बजे आगलागी भएको थियो। मो. आरिफले कोठा भाडामा लिएर चुरा राखेका थिए। त्यहाँ एक्कासि आगलागी भएपछि समीर जलेका थिए।

बाँके प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार समीरको निसास्सिएर मृत्यु भएको हाे।

प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।