Wednesday, October 7, 2026
Home समाज सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस

36

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान ९ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

४.६ रेक्टर स्केलको भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ।