पाेखरा- नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा जारी एथ्लेटिक्सकाे अन्तिम दिनको खेल सकिएसँगै सबै ३७ स्वर्णको टुंगो लागेको छ। सर्वाधिक स्वर्ण भएको इभेन्टका रूपमा रहेको एथ्लेटिक्समा १९ स्वर्णसहित आर्मी शीर्ष स्थानमा रहँदा एपिएफ दोस्रो बन्यो। एपिएफले १० स्वर्ण जित्दा, नेपाल पुलिस, लुम्बीन र बागमतीले समान २-२ स्वर्ण हात पारे।
९ राष्ट्रिय कीर्तिमान, तीनवटा जयरानीको नाममा
एथ्लेटिक्समा जारी संस्करणमा ९ राष्ट्रिय कीर्तिमान कायम भए। जसमा पुरुष १०० मिटरमा सरस्वती चौधरीले राष्ट्रिय रेकर्ड बनाउँदा पुरुष १० हजार मिटरमा दिपक अधिकारीले कीर्तिमान बनाए।
त्यस्तै, ४०० मिटर महिला हडल्समा जयरानी थारुले राष्ट्रिय कीर्तिमान कायम गर्दा ४ सय मिटर महिला पुरुषमा नै राष्ट्रिय कीर्तिमान कायम भयो। जसमा पुरुषतर्फ सोमबहादुर कुमालले र महिला तर्फ रमिता कुमारी थारुले रेकर्ड हासिल गरे
त्यस्तै, १०० मिटर महिला हडल्समा जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाइन्। ३०० मिटर स्टिपल चेसमा दुर्गाबहादुर बुढाले राष्ट्रिय कीर्तिमान बनाउँदा लङ जम्पमा पुरुषतर्फ सलिम देवान र महिला तर्फ जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाइन्।
कसले कति पदक जिते?
पदक तालिकामा त्रिभुवन आर्मी १९ स्वर्ण १३ रजत र १३ काश्य सहित ४५ पदक जित्न सफल रह्यो। त्यस्तै. एपिएफ १० स्वर्ण १० रजत र १० कास्य सहित ३० पदकका साथ दोस्रो स्थानमा रहँदा नेपाल पुलिस क्लबले २ स्वर्ण ८ रजत र ६ काश्य सहित १६ पदक हात पार्यो।
त्यस्तै, बागमतीले २ स्वर्ण १ रजत र ४ कास्य सहित ७ पदक जित्दा लुम्बिनीले पनि २ स्वर्ण ३ रजत र १ काश्य सहित ६ पदक जित्यो। गण्डीकीले १ स्वर्ण १ रजत र २ काश्य हात पार्याेर। त्यस्तै, कर्णालीले १ स्वर्ण १ रजत सहित २ पदक जित्न सफल भयो।
एपिएफले गुमायो जितेको स्वर्ण
अन्तिम दिन एथ्लेटिक्सको महिला ४ गुणा ४०० रिलेमा एपिएफले जित निकाले पनि अयोग्य हुँदा रिजल्टविहीन बन्यो। जुन इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक हात पारेको थियो। एपिएफका खेलाडीले ५०० मिटरभन्दा अगाडि नै लेन परिवर्तन गरेपछि एपिएफ अयोग्य भएको हो।
सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कसेली चौधरी सम्मलित आर्मीले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते। यस स्पर्धामा निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारु सम्मलित लुम्बिनीले ४ मिनेट१४.८० सेकेन्डको समय निकाल्दै र्जित जितेको छ।
अन्जु खड्का, राजीना दुलाल, स्वगता खाइजु, सन्तोषी श्रेष्ठ सम्मलित बागमतीले ४ मिनेट २२.७९ सेकेन्डको समय निकाल्दै कास्य जितेको छ।