भाइटिकाको साइत सार्वजनिक

180

काठमाडौं । यस वर्षको भाइटिकाको साइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको भाइटिकाको उत्तम साइत बिहान कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले उत्तम साइत सो भएपनि भाइटिकाका दिन बिहान देखि बेलुकासम्म जुनसुकै वेला पनि टिका लगाउँन सकिने जनाएको छ । समितिका अनुसार, भारतमा ११ः५५ वजे, अमेरिकाको न्युर्योकमा २६ अक्टोवरको बिहान ११ः२५ वजे उत्तम साइत रहेको छ । त्यस्तै क्यानाडामा २६ अक्टोवर ११ः४५ वजे तथा अस्ट्रेलियाको सिडनिमा २७ अक्टोवरको बिहान ११ः१५ वजे उत्तम साइत रहेको छ ।

त्यसैगरी, अस्ट्रेलियाकै मेलवर्नमा २७ अक्टोवरको बिहान ११ः११ वजे उत्तम साइत रहेको छ । न्युजिलेण्डमा २७ अक्टोवरको बिहान ११ः१५ वजे उत्तम साइत रहेको छ भने पोर्चुगलमा २६ अक्टोवरको बिहान ११ः२१ वजे उत्तम साइत रहेको समितिद्धारा जारी सूचनामा उल्लेख छ ।