करेन्ट लागेर युवकको मृत्यु

283

मंसिर १९
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गएराती त्यस नगरपालिका वडा नम्वर ७ वामीटक्सार बजारका २६ वर्षीय धिरज कार्कीको आफ्नै पसलमा विद्युतको तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको हो । उनको लुम्बिनी अस्पताल वामीटक्सारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।