बढ्यो सुनको मूल्य

31

काठमाडौँ । साताको दोस्रो कारोबारदिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य वुद्धि भएको छ ।

आइतबार प्रतितोला ९३ हजार १ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार तोलामा २ सय रुपियाँले बढेर ९३ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य ९२ हजार ८ सय रुपियाँ रहेको छ। यसैगरि आज चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदी तोलामा एक हजार १६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।