Wednesday, October 7, 2026
Home राजनीति बाबुरामलाई लिएर गोरखा पुगे प्रचण्ड

बाबुरामलाई लिएर गोरखा पुगे प्रचण्ड

50

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव प्रशिक्षणको लागि गोरखा पुगेका छन्। आज शुक्रबार गोरखा पुगेका प्रचण्ड भोली शनिबारसम्म उतै रहने जिल्लाका एक माओवादी नेताले बताए।

यही असोज २३ गते उम्मेदवारी दर्ता गराउन नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठसँगै गोरखा पुगेका प्रचण्ड एक हप्तामै फेरि आज आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन्।

प्रचण्डसँगै माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि गोरखा पुगेका हुन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड यसपटक गोरखा २ बाट प्रतिष्पर्धा गर्दैछन्। यसअघि यो क्षेत्रबाट बाबुराम भट्टराई चुनाव लड्ने भनेपनि उनि चुनावी मैदानबाट पछि हटेपछि उनको स्थानमा प्रचण्ड चितवन ३ छाडेर चुनाव लड्न लागेका हुन्।