मासिक साढे ३ लाख दिएर गर्लफ्रेण्ड बनाउने धोको !

169

काठमाडौं । दुईजना युवकका लागि गर्लफ्रेण्ड चाहिएको छ । त्यसका लागि उनीहरुले सोसल मिडियामा एउटा विज्ञापन दिएका छन् । ती युवकहरुकी एक महिला साथीले उक्त विज्ञापन फेसबुकमा पोस्ट गरेकी हुन् । जुन विज्ञापन चर्चाको विषय बनिरहेको छ ।

थाइल्याण्डमा बस्ने ती महिलाले दुईजना चिनिया युवक साथीहरुको तर्फबाट फेसबुकमा पोस्ट गरेको विज्ञापनमा उनीहरुलाई थाई गर्लफ्रेण्ड चाहिएको उल्लेख गरेकी छिन् । चिनिया युवकहरुको गर्लफ्रेण्ड बन्ने थाई युवतीले मासिक तलब पाउनेछन् । उनीहरुको मासिक तलब जनही करीब साढे ३ लाख रुपैयाँ हुनेछ । गर्लफ्रेण्डहरुले आफ्नो भूमिका राम्रोसँग निभाएमा अतिरिक्त रकम पनि प्रदान गरिने विज्ञापनमा उल्लेख छ ।

ओके माई माई नामकी फेसबुक प्रयोगकर्ताले अघिल्लो हप्ता गर्लफ्रण्ड पदको उक्त जागिरको विज्ञापन फेसबुकमा पोस्ट गरेकी हुन् । फेसबुकमा उनले लेखकी छिन् स् मेरा दुईजना चिनिया साथीहरु गर्लफ्रेण्डको खोजीमा छन् ।

गर्लफ्रेण्डको उमेर १८ देखि २३ वर्षसम्मको हुनुपर्नेछ । गर्लफ्रेण्डलाई तलबको रुपमा साढे ३ लाख रुपैयाँ प्राप्त हुनेछ । यदि उनीहरुको कामलाई साथीहरुले मन पराएमा थप रकम पनि पाउन सकिनेछ । दुबैजना मेरा साथी हुन् र उनीहरुले असल तथा सुकिला मुकिला मानिस हुन् ।