मधेसमा ३३ लाख ८६ हजार मतदाता

48

जनकपुरधाम । मधेस प्रदेशमा मतदाताको संख्या ३३ लाख ८६ हजार ६२८ पुगेको छ। निर्वाचन कार्यालय मधेस प्रदेशका अनुसार प्रदेशमा १८ लाख २७ हजार ८५४ पुरुष र १५ लाख ५८ हजार ७०४ महिला र ७० जना अन्य मतदाता छन्।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशमा २ हजार १५६ मतदानस्थल र ४ हजार २३५ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णकुमार राउतले जानकारी दिए।

सप्तरीमा २९५ मतदानस्थल र ५३६ मतदान केन्द्र तोकिएका छन् भने यहाँ २ लाख १७ हजार २८२ पुरुष, २ लाख १ हजार ७१ महिला र अन्य २१ गरी जम्मा ४ लाख १८ हजार ३७४ मतदाता रहेका छन्।

सिरहामा २ लाख २४ हजार ९९ पुरुष, १ लाख ९८ हजार ६११ महिला र अन्य २ गरी जम्मा ४ लाख २२ हजार ७१२ मतदाता रहेका छन् भने २२१ मतदानस्थल र ५०५ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

धनुषामा २ लाख ५२ हजार ९१५ पुरुष र २ लाख २१ हजार ६६५ महिला र अन्य ७ जना गरी ४ लाख ७४ हजार ५८७ मतदाता रहेका छन्। यहाँ ३२२ मतदानस्थल र ६०५ मतदान केन्द्र निर्धारण गरिएको छ।

यस्तै महोत्तरीमा २ लाख १५ हजार १३१ पुरुष, १ लाख ८१ हजार ८९८ महिला र अन्य एक जना गरी कुल ३ लाख ९७ हजार ३० मतदाता कायम भएका छन् भने २५८ मतदानस्थल र ४९९ मतदान केन्द्र निर्धारण गरिएको छ।

सर्लाहीमा २ लाख ५९ हजार ४१४ पुरुष, २ लाख १९ हजार ६१४ महिला र १० जना अन्य गरी जम्मा ४ लाख ९७ हजार ३८ मतदाता रहेका छन्। यहाँ ३१२ मतदानस्थल र ६०० मतदान केन्द्र निर्धारण गरिएको छ।

यस्तै रौतहटमा २ लाख २७ हजार २२९ पुरुष, १ लाख ८८ हजार २५५ महिला र एक जना अन्य गरी जम्मा ४ लाख १५ हजार ४५५ मतदाता छन् भने २७६ मतदानस्थल र ५२३ मतदान केन्द्र निर्धारण गरिएको छ।

बारामा २ लाख ३६ हजार ८८० पुरुष, १ लाख ९६ हजार ६१२ महिला र १२ जना अन्य गरी कुल ४ लाख ३३ हजार ५०४ मतदाता रहेका छन् भने ३०५ मतदानस्थल र ५५५ मतदान केन्द्र तोकिएका छन्।

त्यस्तै, पर्सामा १ लाख ९४ हजार ९०४ पुरुष, १ लाख ५१ हजार ८ महिला र १६ अन्य मतदाता गरी कुल ३ लाख ४५ हजार ९२८ जना मतदाता रहेका छन् भने १६७ मतदान स्थल र ४१२ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।