प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी शाही

148

बैशाख १४,
काठमाडौँ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरज बहादुर शाहीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि डीआईजी शाहीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो ।

डीआईजी शाही यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख थिए । सीआईबीमा डीआईजी सहकुल बहादुर थापाको सरुवा भएपछि शाहीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । यसअघि प्रवक्ताको भूमिका एसएसपी उमेशराज जोशी थिए । डीआईजी शाहीलाई प्रवक्ताको जिम्मेवारी दिएपछि जोशी सह–प्रवक्ताको जिम्मेवारीमा छन् ।