ब्राउनसुगरसहित एकजना पक्राउ

38

नेपालगञ्ज । बाँके प्रहरीले अवैध लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले भारतबाट आउँदै गरेका खजुरा गाउँपालिका वडा नं. ४, एलगाउँका २९ वर्षीय आशिष चौधरीलाई चार ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

चौधरी भारतबाट पैदल आइरहेका थिए। प्रहरीले शंका लागेर जाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकमा पोका बनाइराखेको पाँच पोका ब्राउनसुगर फेला परेको थियो। प्रहरीले चौधरीका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। सीमावर्ती भारतीय बजारमा सहजै पाइने ब्राउनसुगर नेपालगञ्ज हुँदै देशको विभिन्न सहरमा पुग्ने गरेको पाइन्छ।