संघर्ष समिति बनाएर नगरकोटमा स्थानीयको आन्दोलन सुरु

189

बैशाख ६,
नगरकोट । राजनीतिक दलको आर्शिवाद पाएका एक जना निर्माण व्यवसायीले सडक निर्माण अलपत्र बनाउदाँ स्थानीयको हालत दयनिय हुन थालेको छ । भक्तपुरको भत्केकोपाटी हुदैं पर्यटकीय क्षेत्र नगरकोट पुग्ने सडक ७ वर्ष सम्म निर्माण समपन्न भएन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालसंग निकट रहेका शारदा प्रसाद अधिकारीको स्वामित्वमा रहेको निर्माण कम्पनी शैलुङ्ग कन्ष्ट्रक्सन नगरकोट पर्यटन व्यवसाय समेत धरासायी भएको छ ।
अर्का तर्फ निर्माण व्यवसायीको लापरवाहीका कारण धुलो, धुवा, हिलो र खाल्डाखुल्डीका कारण जनजिवत प्रभावित बनेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् ।

दुई बर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपार्टी–नगरकोट सडक ७ बर्षमा पनि नबनेपछि स्थानीयले १ सय ७१ सदस्यिय नगरकोट सडक पिडित संघर्ष समिति गठन गरि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको २० किमी सडक निर्माण आयोजनाको जिम्मा पाएको शैलुङ्ग कन्ष्ट्रक्सनले ७ बर्षमा पनि निर्माण अलपत्र बनाएपछि स्थानीय आन्दोलित बनेका हुन् ।
सडकखण्ड अन्र्तगतका नगरकोट, मण्डनदेउपुर, छालिङ्ग, बागेश्वरी, सुडालका स्थानीयहरुको भेलाले स्थानीय राजकुमार लामिछानेको संयोजकत्वमा सविता खत्री सहसंयोजक र रमेश अधिकारी सचिव रहेको सडक पीडित संघर्ष समिति गठन गरेका हुन् ।

स्थानीयहरुले अबको ५ महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने, सडकका बीचमा छोडिएका बिजुलीका पोलहरु हटाउनुपर्ने, जग्गाको मुआब्जा दिनुपर्ने, नाली तथा जोखिमयुक्त स्थानका सडक आसपासमा रिर्टेनिङ्ग वाल लगाउनुपर्ने, निर्माण कार्य गुणस्तरिय हुनुपर्नेलगायतका माग राखेका छन् । संघर्ष समितिले आफ्नो संघर्षको कार्यक्रम अन्र्तगत विहिबार नगरपालिका र जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र समेत बुझाएको छ । अन्य कार्यक्रममा प्रदेश सरकार, संघ तथा प्रदेश सांसद, शैलुङ्ग कन्ष्ट्रक्सनको प्रोपाइटर सारदा अधिकारी, आयोजना कार्यालय, भौतिक योजना तथा निर्माण मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेसंघर्ष समितिका संयोजक लामिछानेले जानकारी दिएक छन् ।