काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकास्थित लास्कु खोलामा धनजनको क्षति पुर्याएको छ। बाढीमा परेर ६ जना बेपत्ता भएका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दका अनुसार करिब डेढ दर्जन घर बग्नुका साथै ६ जना बेपत्ता भएका छन्। एकको शव फेला परेको छ।
बेपत्ता हुने महाकाली नगरपालिकाका दुई जना र नौगाड गाउँपालिकाका दुई जना रहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक मगरका बाढीमा फसेकाहरूको अहिले सुरक्षाकर्मीको टोली उद्धार गरिरहेको छ । उनीहरूलाई उद्धार गरि स्थानीय सामुदायिक सेवा केन्द्रमा राखिएको छ ।
बाढीले लास्कु खोलाकै झोलुङ्गे पुल पनि बगाएको छ । उक्त पुल बगाएपछि खोला पारिको वस्ती आवातआजतबाट वञ्चित भएको छ । खोला पारिको वस्तीका नागरिक फोन सम्पर्क भए पनि पुल भत्किएकोले राहत वितरणमा कठिनाइ हुने प्रहरी निरीक्षक मगरले बताए । साथै सोही झोलुङ्गे पुल विस्थापित गर्न बनिरहेको पक्की पुल पनि बाढीले बगाएको छ । लास्कु खोलामा आएको बाढी महाकाली नदीमा मिसिएको छ । यसले महाकाली नदी आसपासमा पनि क्षति गर्न सक्ने भन्दै स्थानीय प्रशासनले सचेत गराएको छ ।