दुई किशोरीको शव फेला

69

काठमाडाैँ । धनुषाको नगराइन नगरपालिका-७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन- ७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन- ७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो।

स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले प्रहरी टोलीले किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जानकारी दिए।