हाम्रो नेपालमाः गल्ती गर्ने मन्त्री पक्राउ पर्ने सुरक्षा गार्ड

75

काठमाडौं । एउटा कार्यक्रममा लागि मन्त्रालयका कर्मचारी र श्रीमती लिएर क्यानडा जाने तयारीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठ । मन्त्री श्रेष्ठ आइतबार दिउँसो श्रीमतीसहित दलबल लिएर ठमेलस्थित छायाँ सेन्टरमा पुगेका थिए । त्यही अनुसार श्रेष्ठ दम्पत्ति पनि भिसा आवेदन गर्न त्यहाँ पुगेका थिए । ‘गरुड सेक्यूरिटी’ अन्तरगत कार्यरत सुरक्षागार्ड शेरजंग गुरुङले उनीहरुलाई लाइनमा आउन भने । तर एकजना प्रत्यक्षदर्शीका अनुसार पर्यटनमन्त्री श्रेष्ठले आफू मन्त्री भएको बताउँदै अगाडि जान खोजे ।

‘जोे आए पनि लाइनमा बस्नुपर्ने भन्ने नियम हो, तर पूर्वजानकारी हुँदा समन्वय पनि हुने गरेको थियो’ सेन्टरका एक कर्मचारीले भने, ‘पर्यटनमन्त्रीज्यू खबर नगरी आउनु भएको थियो ।’ त्यसैले गुरुङले मन्त्री भए पनि सामान्य नागरिकझैँ नियम लाग्ने बताए । त्यसक्रममा विवाद पनि भयो । प्रत्यक्षदर्शीका अनुसार त्यतिबेला लाइन पनि २ जना मात्र थिए । ‘पर्खिएको भए पनि ठूलो कुरा थिएन’ उनले भने, ‘विवादले बरु झन् समय लम्बियो ।’ विवादपछि उनी भित्र गए, फर्किएर आएर यो विषय प्रहरीमा जानकारी गराए ।

मन्त्रालयबाट खबर आउने वित्तिकै प्रहरी वृत्त दरबारमार्गको टोलीले गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोरा बताउँछन् । उनी भन्छन्, ‘अभद्र व्यवहारको कसूरमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी छ ।’ छायाँ सेन्टरमा रहेको भीएफएस ग्लोबल भिसा सेन्टर एउटा अन्तर्राष्ट्रिय निजी कम्पनी हो । जसले क्यानडा, जापानसहित युरोपका धेरै देशको भिसा प्रक्रिया अघि बढाउँछ । र उसले सबै सेवाग्राहीलाई समान व्यवहार गर्छ । के मन्त्री चाहीँ लाइन नै बस्न नह्ुने हो ? सर्वसाधरणले प्रश्न गरेका छन् ।
photo google