बैशाख १८ गतेसम्म हवाई उडान बन्द हुने

541

चैत २५,
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो । बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए । आन्तरिक उडान बैशाख ३ गतेसम्म बन्द गरिएको छ ।