Thursday, October 8, 2026
Home समाचार रामबहादुर थापा’वादल’लाई मातृशोक

रामबहादुर थापा’वादल’लाई मातृशोक

75

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा’वादल’लाई मातृशोक परेको छ। थापाकी आमा नन्दकुमारी थापा मगरको आज निधन भएको एमाले नेता योगेश भट्टराईले बताएका छन्। ‘नेकपा एमालेका उपाध्यक्ष कमरेड रामबहादुर थापाकी ममतामयी आमा नन्दकुमारी थापामगरको आज निधन भएको छ। दिवंगत आमाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै कमरेड रामबहादुर लगायत शोक सन्तप्त सम्पूर्ण परिवार र आफन्जजनहरूमा गहिरो समबेदना व्यक्त गर्दछु,’ भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।