Thursday, October 1, 2026
Home खेलकुद नेपाललाई केन्याले दियो २१९ रनको लक्ष्य

नेपाललाई केन्याले दियो २१९ रनको लक्ष्य

47

काठमाडौं । नेपाल र केन्याबीचको तीन खेलको एकदिवसीय सिरिज आजबाट सुरू भएको छ। केन्या एकदिवसीय मान्यताप्राप्त टिम नभएकाले अभ्यासको रुपमा रहेको खेलमा पहिले ब्याटिङ गरेको केन्या ४८.१ ओभरमा २१८ रनमा अलआउट भयो। केन्याका लागि राखेप पटेलले ६७ रन र कोलिन ओबुयाले ६२ रनको योगदान गरे।

बलिङमा नेपालका करण केसी र सोमपाल कामीले ३-३ विकेट लिन सफल भए।
२१९ रनको लक्ष्य पाएको नेपालले केही बेरमा ब्याटिङ गर्दैछ। नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न गएपछि खेलमा कप्तानी रोहितकुमार पौडेलले गरे। सिरिजको दोस्रो खेल भोलि शनिबार र तेस्रो खेल सोमबार हुनेछ। यसअघि नेपाल र केन्याबीच पाँच खेलको टी-२० सिरिज भएको थियो। सिरिजमा नेपाल ३-२ ले विजयी भएको थियो। तर टी-२० वरीयतामा नेपालभन्दा तल रहेको केन्यासँग दुई खेलमा पराजित हुँदा नेपालको वरीयता खस्किएर १६औं स्थानमा पुगेको थियो।