Tuesday, October 6, 2026
Home समाज एसईई ग्रेडबृद्धि परीक्षाको दशैंअघि नै नतिजा आउने

एसईई ग्रेडबृद्धि परीक्षाको दशैंअघि नै नतिजा आउने

77

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसईई ग्रेडबृद्धि (पूरक) परीक्षामा दुई लाख बढी विद्यार्थी सहभागी भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले भदौ ११ गते र १२ गते परीक्षा सञ्चालन गरेको परीक्षामा पहिलो दिन एक लाख ३९ हजार ३६२ र दोस्रो दिन ७४ हजार २८३ जना गरी २ लाख १३ हजार ६४५ जनाले परीक्षा दिएका छन् ।

ग्रेडबृद्धि (पूरक) परीक्षाका लागि नेपालभर ३७२ परीक्षा केन्द्रमा तोकिएको थियो । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले (कक्षा १०) ले एसईई ग्रेडबृद्धि –पूरक) परीक्षाको नतिजा दशैंअघि नै सार्वजनिक हुने जनाएको छ ।

परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण सुरु भइरहेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । उनले भने, ‘अहिले उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । दशैंअघि नै नतिजा सार्वजनिक गर्छौं ।’ पनिकाको अनुसार अहिले विभिन्न १६ परीक्षण केन्द्रमा परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण भइरहेको छ ।

अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विषयहरु मध्ये परीक्षार्थीहरुले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीहरुले ग्रेडबृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ ।