घट्यो सुनको मूल्य

39

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य एक हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।