वेस्ट इन्डिजविरुद्ध भारत १० विकेटले विजयी

22
काठमाडौं ।  जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले बिहीबार राति १० विकेटको जित निकालेको छ । यससँगै तीन खेलको शृंखलामा १-० ले अघि रह्यो ।  १९० रनको लक्ष्य भारतले बिना विकेट ३० ओभर ५ बलमा पूरा गरेको हो ।
भारतका शिखर धवनले ८१ र शुभमन गिलले ८२ रन बनाए ।  यसअघि टस हारेर पहिला  ब्याटिङ गरेको जिम्बाबेले ४० ओभर ३ बलमा सबै विकेट गुमाउदै १८९ रन बनायो । कप्तान रिगिस चाकाभाले ३५ तथा रिचार्ड नगाभाले ३४ रन बनाए ।  भारतका लागि  दीपक चाहर, प्रसिद्ध कृष्णा तथा अक्षर पटेलले समान तीन विकेट लिए ।