Friday, September 18, 2026
Home अन्तर्राष्ट्रिय बाढीबाट मृत्यु हुनेकाे संख्या ३७ पुग्याे

बाढीबाट मृत्यु हुनेकाे संख्या ३७ पुग्याे

46

काठमाडौं । अमेरिकाको केन्टुकी राज्यमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ। बाढीमा हराइरहेका मानिसहरूको खोजी भइरहेको छ। बाढीको पुलहरू र डुबानमा परेका केही गाउँ बगाएको छ।

बाढीबाट मृत्यु हुनेको संख्या ३७ पुगेको केन्टुकीका गर्भनर एन्डी विसियरले पुष्टि गरेका हुन्। बाढीमा अझै केही हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

बाढीका कारण १२ हजारभन्दा बढी मानिस विद्युतविहीन भएका छन् भने कम्तीमा ३०० जना विभिन्न आश्रयमा बसेका सीबीएस न्युजले जनाएको छ।बाढीले राजमार्ग बगाउनुका साथै पुल भत्काएको छ।