नाग पोखरीमा आज भक्तालुजनको घुइँचो

46

काठमाडौं । नागपञ्चमीको अवसरमा आज मंगलबार काठमाडौंको नाग पोखरीमा रहेको नागको प्रतिमामा पूजा गर्न पुगेका भक्तालुजनको घुइँचो रहेको छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा रहेको हो ।

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर पनि मनाइँदैछ ।