लामो दूरीका सवारी साधन सञ्चालनमा रोक

46

काठमाडौं । काठमाडौंबाट धादिङ र चितवन भएर गुड्ने लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका कारण लामो दूरीका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको हो।

चितवनको नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेका कारण गएरातिदेखि आवागमन पुर्णरुपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ केराबारी मौरीखोला, १७ किलो र इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थित २ र ३ नम्बर पुलको बीचमा पहिरो खसेको छ । जसका कारण गत रातदेखि नै सवारी आवागमन रोकिएको र पहिरो हटाउने कार्य भइरहेको छ । अवरुद्ध सडक खुलेसँगै सवारी साधन सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।