भक्तपुर । भक्तपुरमा कोरा साइकलिङ च्यालेन्ज हुने भएको छ । भोलि शनिबार बिहान ६ बजे भक्तपुर दरबार स्क्वायरबाट कोरा साइकलिङ च्यालेन्ज सुरु हुनेछ । कोरा साइकलिङ च्यालेन्ज भक्तपुरको बिभिन्न स्थानमा परीक्रमा गर्दै पूनः दरबार स्क्वायर खौमामा आएर सकिनेछ । साइकलिङ परिक्रमाको मुख्य उद्देश्य सामाजिक कार्यकोलागि भएको आयोजकले जानकारी दिएको छ ।
यो बर्ष ५०, ७५ र १०० कि.मी को ३ वटा रुट तयार गरीएको छ । त्यसमा ५० कि.मी को रुटमा पुरुष १२० र महिला ८ जना गरेर जम्मा १२८ जना रहेका छन् भने ७५ कि.मी को रुटमा पुरुष ४५ र महिला २ जना गरेर जम्मा ४७ जना रहेका छन् त्यसैगरी १०० कि.मी को रुटमा पुरुष १०४ र महिला ३ जना गरेर जम्मा १०७ जना रहेका छन् । करिब ४०० जनाले दर्ता गरी सकेको साइकल कनेक्ट भक्तपुरको अध्यक्ष सुमित बालाले जानकारी दिए ।