क्रिकेट क्रेजः आईपिएलको दृश्य

208

-एन्जल अघिकारी

भारतमा क्रिकेट एउटा धर्म जस्तै हो । त्याहाँ सानाठुला सबैमा क्रिकेटको उत्तिकै क्रिकेट छ । भनिन्छ भारतमा हरेक दुई घर छोडेर एउटा क्रिकेटर जन्मिन्छ । क्रिकेटमा निक्कै प्रगति गरेको यो देशले यसपालीको बिश्वकपलाई हात पार्छ भन्नलाई कुनै दुबिधा छैन । यो देशमा बिभिन्न क्रिकेट प्रतियोगिता भइरहन्छन । रज्जी र आइपिएल भारतका प्रमुख दुई प्रतियोगिता हुन । रज्जी भनेको टेष्ट ढाँचाको प्रतियोगिता हो । आईपिएलको सुरुवात सन् २००८ मा सिसिआई द्धारा गरिएको हो । यो लिग हरेक सालको एप्रिल र मेमा चलिरहेको हुन्छ । यस लिगमा ८ वटा टिमले भाग लिएका छन् । पहिलो आइपिएल ( २००८ ) राजस्थान रोयलले जितेको हो । पछिल्लो साल (२०१८ ) को आइपिएल चेन्नई सुपर किड्सले जितेको हो । यो लिगको हरेक खेल रोमान्चक हुन्छ किनभने यो २० ओभरको हो । र यसले गर्दा हरेक खेलाडीले सकेसम्म धेरै रन बटुल्ने प्रयास गर्छन् । यसको अर्काे राम्रो पक्ष यो हो कि यसमा बिदेशी खेलाडिले पनि खेल्न पाउछन् । तर ४ जना भन्दा बढि बिदेशी खेलाडिहरुले एउटा टिम र एकैचोटि खेल्न पाउँदैनन् । त्यसैले भारतिय खेलाडी जो भारतिय टिममा पुगेका छैनन् ।

उनिहरुलाई आप्नो बाटो बनाउने मौका दिन्छ । कुलदिप यादव , हार्दिक पान्ड्या जस्ता धेरै खेलाडीहरुले आईपिएल बाट नै आप्नो स्थान पक्का गरेका हुन । आइपिएल विश्वभरिका ठूला खेलाडीहरुले मन पराएको लिग हो । यदि दुइटा उत्कृष्ट बल्लेवाज दुइवटै देशबाट खेल्छन भने तिनिहरुलाई एउटै टिमबाट खेलेको हेर्न हरेक क्रिकेट प्रेमिको चाहाना हुन्छ । आइपिएलले यसलाई सम्भव बनाउछ । हामीले बिराट कोहली र एबिडिलाई एउटै टिम आरसिबि बाट खेलेको देखेका छौ । धोनी र वाट्सनले पनि एउटै ठिमबाट खेलेको देखेका छौ । यसले गर्दा पनि आइपिएल निक्कै रोमान्चक हुन्छ । यस लिगमा अहिले सम्म बढि विकेट लिने वलर श्रीलंकाका लसिथ मलिङगा हुन् । उनले १५४ विकेट लिएका थिए । यसैगरि सबैभनदा बढि रन सुरेश रैनाले बनाएका छन् । उन्का पछि बिराट कोहली छन । यो लिगलाई मुम्बई र चेन्नइले तिन तिन पटक जितेका छन् । यसपटक पनि यी दुवै टिममा निक्कै राम्रा खेलाडीहरु छन् । आइपिएलमा केहि नराम्रा पक्षहरु पनि छन् । यस लिगमा म्याच फिक्सिङ धेरै हुन्छ । म्याच फिक्सिङ भनेको टिमलाई पैसा दिएर हार भन्ने प्रस्ताव राख्नु हो । यो एउटा ठूलो अपराध हो । उहि कारणले गर्दा सन् २०१३ मा चेन्नई र राजस्थानलाई लिगबाट २ बर्षका लागि बहिस्कार गरिएको थियो । आइपिएल बिश्वकै सबै भन्दा व्रिmकेट लिग हो । यसले धेरैको भविश्य बनाएको छ । नेपालका युवा सन्दिप लामिछाने पनि यस लिगमा दिल्लीको टिमबाट खेल्छन् । आशा छ उन्ले सकेसम्म धेरै विकेट लिएर नेपालको शान उच्च राख्छन् ।
 

कक्षा १०, नेक्सस स्कुल पेप्सीकोला ।