भक्तपुरको चाँगुनारायणमा राजधानी कलेज संचालन हुने

128

-रोजिना संजेल
भक्तपुर । भक्तपुरमा अब कक्षा ११ र १२ को पढाइ हुने एक नयाँ कलेज सुरु हुने भएको छ । यहिँ शैक्षिक सत्रदेखि रोम्बस नेशनल स्कुलको व्यवस्थापनमा  राजधानी कलेजले संचालन हुन लागेको हो ।

कलेजका प्राचार्य डा.राजेन्द्र कोजु कक्षा ११ को पढाई सुरुकोलागि सम्पूर्ण तयारी सकिएको जानकारी विहिबार आयोजित पत्रकार सम्मेलनमा दिए । उनले भने ‘यहीँ वर्षदेखी सुरु हुने कक्षामा विद्यार्थीले उत्र्तीण गर्ने बेलासम्म सीप र शिक्षा दुबै उपलब्ध गराएर कक्षा ११ र १२ संचालन गर्ने तयारी गरेका छौं ।’

उनका अनुसार यस कलेजको ११ र १२ मा व्यवस्थापन, मानविकि, शिक्षा र साधरण कानुनका कक्षाहरु संचालन हुनेछ । चाँगुनारायण नगरपालिका वडा ७ मा रहेने यस कलेजले गरिब विद्यार्थीहरुलाई निःशुल्क छात्रवृतिको व्यवस्था गर्ने प्रार्चाय कोजुले प्रष्ट पारे । उनले यस विद्यालयमा ५वट स्कुल बस र ११,१२ को लागी ४ वटा भवन रहेको बताए । भक्तपुर नगरपालिका १० कमलविनायकमा रहेको रोम्बस स्कुलका हाल करिब ७ सय विद्यार्थी अध्ययनरत रहेको प्राचार्य डा.राजेन्द्र कोजु बताए ।