‘लगन नै जुरेन’

90

काठमाडौँ । नन्दिता केसीलाई कुनै समय नेपाली फिल्मकी कान्छी नायिका भन्ने गरिन्थ्यो । नेपाली फिल्ममा सुन्दर नायिकाको रुपमा चिनिएकी नन्दिता आजभोली अमेरिकामा बसोबास गर्छिन् । उनी केही समय यता भने नेपालमा छिन् । एक रियालिटी शोकै सिलसिलामा नेपाल आएकी हुन् । आइतबार नीता ढुंगाना र हरिहर अधिकारीको पार्टीमा देखिएकी नन्दिताले आफ्नो विवाह नहुनुलाई लगन नजुरेको बताएकी छिन् । ‘सायद , लगन नै जुरेको छैन होला । समय आएपछि मैले चाहेर पनि रोकिँदैन’ उनले भनिन् । विवाहको प्रस्ताव आउने गरेता पनि यो समयमा व्यावहारिक भइएको उनले बताइन् । ‘विवाहको प्रस्ताव आउने गरेको नै छ । यद्यपि समयले बुझ्ने बनाएको छ । धेरै पक्ष हेरिन्छ । पहिले नै भएको भए हुन्थ्यो । सायद, लगन नै आएको छैन होला’ नन्दिताले भनिन् । उनले बिहेका लागि कुनै पनि व्यक्तिसँग विश्वास र कनेक्सन हुनुपर्ने बताइन् । नन्दिताले अरूको बिहे हेर्दा हेर्दै आफूलाई भागेर बिहे गर्न मन लागेको समेत बताइन् ।