पत्रकार महासघं भक्तपुरको अन्तरक्रिया कार्यक्रम सम्पन्न

127

रोजिना संजेल
भक्तपुर । नेपाल पत्रकार महासघं भक्तपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार मध्यपुरथिमि नगरपालिकाको सहआयोजना र सूचना आयोगको समन्यमा सुचनाको हक कार्यनयनमा स्थानिय सरकारको दायित्व बिषयक कार्यक्रम सम्पन्न भएको हो । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सूचनाको हक पत्रकारको मात्र जस्तो लागेको थियो तर त्यो सबैको अधिकार र दायित्व भएको कुरा प्रष्ट भयो ।

मध्यपुर थिमि नगरपालिकाका सबै जनप्रतिनिधिलाई यस सम्बन्धमा प्रशिक्षण राख्ने बिचार गरेको छु नगर प्रमुख श्रेष्ठले भने । सुचनाको हक कार्यनयनमा नगरपालिका सदैब प्रतिबद्ध रहेको उनको भनाई छ ।

कार्यक्रममा मध्यपुर नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठले सूचना जनतामाझ पुर्याउन स्थानिय सरकारको ठुलो भुमिका हुने बताए । मध्यपुर थिमि नगरपालिका सधै सूचनाको हक प्रति सचेत रहेको उपप्रमुख श्रेष्ठको भनाई छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, राष्ट्रिय सूचना आयोगको सचिव भागरथि पाण्डे, पत्रकारका महासंघका सचिव नारायण सुन्दर किलम्बु, भक्तपुरका कार्यवाहाक अध्यक्ष सुन्दर सिल्पकार लगायतले सूचनाको सबै एकजुट हुनुपर्ने बताए ।कार्यक्रममा ७० जनाको सहभागिता रहेको थियो ।