ड्रममा राखेको पानीमा डुबेर एक बालिकाको मृत्यु

27

सर्लाही । आफ्नै घरको ड्रममा राखेको पानीमा डुबेर सर्लाहीको हरिवनमा एक बालिकाको ज्यान गएको छ। हरिवन नगरपालिका–२, निवासी बिजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको आँगनमा खेल्ने क्रममा ड्रमको पानीमा डुबेर ज्यान गएको हो ।

ड्रमको पानीमा डुबेर अचेत बनेकी बालिकालाई तत्काल हरिवनस्थित नमुना अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।

घटनालगतै पुगेको प्रहरी टोलीले घटना स्थलको मुचुल्का तयारी गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो । शव परीक्षणपश्चात आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जनाकारी दिए ।