संसारकै महंगो पनीरः गधाको दुधबाट बनाइन्छ

46

काठमाडौं । तपाईले स्वादिलो मानेर खाने पनीरको मूल्य कति छ रु धेरैमा किलोको हजार रुपैयाँ । तर संसारमा यस्तो पनीर पनि पाइन्छ, जसको मूल्य प्रतिकिलो झण्डै डेढ लाख रुपैयाँसम्म पर्दछ । डेलीमेलको रिपोर्ट अनुसार संसारकै महंगो उक्त पनीर गधाको दुधबाट बनाइएको हुन्छ । सर्बियाको जसाविकामा तयार गरिने उक्त पनीरलाई स्थानीय भाषामा पुले भनिन्छ ।

समाचार अनुसार एक किलोग्राम उक्त मूल्यवान पनीर तयार गर्नका लागि करीब २५ लिटर गधाको ताजा दुध आवश्यक पर्दछ । उक्त फर्मले बोतलबन्ध गधाको दुधको उत्पादन पनि गर्दछ । इतिहास अनुसार उक्त क्षेत्रमा उत्पादन हुने गधाको दुध मिश्रकी रानी क्लियोपेट्राको सौन्दर्यको रहस्य थियो । क्लियोपेट्राले हरेक दिन गधाको दुधले नुहाउने गर्दथिन् ।

यो गधाको पनीर संसारका सबैभन्दा महंगा खाद्यवस्तु मध्ये एक हो । गधाको पनीर पछि सबैभनदा महंगो पनीर कासियोकाभालो पोडोलिको हो । जुन एक दुर्लभ इटालियन गाईको दुधबाट उत्पादित पनीर हो । यसको मूल्य प्रतिकिलो ६३० पाउण्ड सम्म पर्दछ । एजेन्सीको सहयोगमा