पूजा र आकाशको फिल्म ‘सम्झना बिर्सना’को दोस्रो ट्रेलर सार्वजनिक

112

काठमाडौं । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ‘सम्झना बिर्सना’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । यो रोमान्टिक फिल्म असार ३१ गतेदेखि प्रदर्शन हुँदैछ । निमेष प्रधान लिखित तथा निर्देशित फिल्मको तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स, संवेदना र रहस्यको मिश्रण छ ।

आदित्य फिल्म्सको प्रस्तुति रहेको फिल्मलाई शिव ढकालले खिचेका हुन् भने सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् । गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेष स्वयंको संगीत छ ।

कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ । पूजा र आकाशको जोडी चार वर्षको अन्तरालपछि ठूलो पर्दामा आउँदैछ ।