सगरमाथाको आधारशिविर अर्को ठाउँमा सार्ने तयारी

149

बीबीसी । विश्वतापमान वृद्धि र मानवीय गतिविधिका कारण असुरक्षा बढेको भन्दै नेपालले सगरमाथा आधारशिविर अर्को ठाउँमा निर्धारण गर्ने तयारी गरिरहेको छ। अहिले खुम्बु हिमनदीकै छेउमा आधारशिविर छ। तर उक्त हिमनदी तीव्र गतिमा पातलिँदै गइरहेको छ। पर्वतारोहण गर्ने याममा आधारशिविरमा झन्डै १,५०० जना भेला हुन्छन्। एक अधिकारीले बीबीसीलाई बताएअनुसार उक्त स्थानभन्दा केही तल बाह्रैमास हिउँ नहुने ठाउँमा नयाँ आधारशिविर राखिनेछ।
हिउँ पग्लेर बन्ने पानीले हिमनदीलाई अस्थिर बनाएको अनुसन्धानकर्ताहरू बताउँछन् भने पर्वतारोहीका अनुसार उनीहरू सुतेका बेला ूखर्पासू ९खाल्टो० पर्ने क्रम बढेको पाइएको छ।

अहिले हामी आधारशिविर अर्को ठाउँमा निर्धारण गर्ने तयारीमा छौँ र छिट्टै सम्बन्धित सबै पक्षसँग परामर्श सुरु गर्नेछौँ,ू पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बीबीसीसँग भने। यो भनेको आधारशिविरमा भइरहेका परिवर्तनहरूलाई अनुकूलन गर्नु हो र पर्वतारोहण व्यवसायको दिगोपनका लागि यो आवश्यक पनि भइसकेको छ। अहिले सगरमाथाको आधारशिविर ५,३६४ मिटर उचाइमा छ।

महानिर्देशक अधिकारीका अनुसार नयाँ आधारशिविर त्योभन्दा २०० देखि ४०० मिटर तल हुनेछ। सगरमाथा क्षेत्रमा हुने आरोहण सहजीकरण तथा निरीक्षणका लागि गठित एउटा सरकारी समितिको सिफारिसपछि यो तयारी थालिएको हो।