गर्भावस्थामै सिर्जना सुब्बाको फोटोसुट

92

कार्तिक १५,
आमा बन्नु हरेक नारीका लागी सौभाग्यको कुरा हो । हरेक नारी एक पटक आमा बन्न चाहन्छन् र आमा बन्दै गर्दा उनीहरु निकै उत्साहित हुन्छन् । सन्तानलाई जन्म दिइसकेपछि हरेक आमामा खुसीको सिमा रहन्न । अभिनेत्री सिर्जना सुब्बा पहिलोपटक आमा बन्दैछिन् । उनी यतिबेला घरमा आराम गरिरहेकी छिन् । यहि क्रममा उनले विशेष किसिमले फोटोसुट गराएकी छिन् ।

आफैका लागी सम्झना स्वरुप खिचिएका उनका तस्विरले नेपाली समाजमा रहेको संकीर्ण सोचलाई हटाउन मद्धत पुग्ने उनको आशा छ । गर्भावस्थामा समेत रंगमञ्चमा देखिएकी उनले यो अवस्थालाई उत्सवका रुपमा मनाइरहेको बताउँछिन् । भिनास मास्के र क्लु जैनले खिचेका केहि तस्विर सार्वजनिक गर्दै उनले आफ्नो खुसी सम्पुर्ण सुभचिन्तकहरुसँग साट्न खोजिरहेकी छिन् ।