यस्तो छ चिनियाँ राष्ट्रपतिको १९ घन्टे नेपाल बसाइको कार्यतालिका

135

असोज २४,
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङ दुई दिने नेपाल भ्रमणका लागि भोलि९शनिवार० नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा सी दुई दिने राजकीय भ्रमणमा आउन लागेका हुन् ।

छिमेकी मुलुक चीनबाट २३ वर्षपछि राष्ट्रपतिले नेपाल भ्रमण गर्न लागेका हुन् । शनिवार काठमाडौं अवतरण भएर सी आइतवार चीन फर्कने कार्यतालिका रहेको छ ।

१९ घन्टे नेपाल बसाइका क्रममा राष्ट्रपति सीले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली लगायत उच्च पदस्थहरुसँग भेटवार्ता गर्ने र केही सम्झौतामा हस्ताक्षर गर्नेसम्मका कार्यक्रम तय भएको छ ।

सीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्ने वा नगर्ने भन्ने कार्यतालिका तय भएको छैन । यस्तो छ सी को भ्रमण तालिका

शनिवार

अपराह्न ४ : ३० मा विमानस्थलमा अवतरण

साँझ ६ : ३० मा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता

साँझ ७ : ३० बजे सोल्टी होटलमा रात्रिभोज

आइतवार

विहान १० : ३० मा प्रचण्डसँग भेटवार्ता

बिहान ११ : ०० मा ओलीसँग भेटवार्ता र द्वीपक्षीय सम्झौता

दिउँसो १ : ०० मा चीन फिर्ता