मनाङ । हिमाली जिल्ला मनाङमा ४ वटै गाउँपालिकामा नेपाली काङ्ग्रेसले स्थानीय घोषणापत्र निर्माण समिति गठन गरि कार्य प्रारम्भिक मस्यौदा निर्माण कार्य शुरुभएको छ। हिजो बुधबार समितिको आधिकारिक घोषणा भए संगै आजै बाट कार्य प्रारम्भ भएकोे नार्पाभूमी गाउँपालिका घोषणापत्र निर्माण समितिका संयोजक कोन्जो तेन्जिङ लामाले जानकारी दिए।समितिको संयोजकमा चामे गाउँपालिकामा अनिता लामा ,मनाङ निस्याङ गाउँपालिकाको संयोजकमा च्युङ गुरुङ र नासोङ गाउँपालिकाको संयोजकमा विन घले चयन भएका थिए । मनाङ जिल्लाको लागि केन्द्रीय प्रतिनिधि गणेश लामा र केन्द्रीय सदस्य टेक बहादु गुरुङ को उपस्तिथि सम्पन्न कार्यक्रममा गत स्थानीय तहको निर्वाचनको मतपरिणामको बिश्लेषण गर्दै बैशाख ३० गते हुने निर्वाचनको रणनीतिको बिषयमा छलफल भएको जिल्ला सभापति शंकर गुरुङले बताए।














