राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिनाको उम्मेदावारी दर्ता

150

फागुन २८,
काठमाडौं , नेकपा एमालेबाट राष्ट्रिय सभा अध्यक्षमा गणेश तिमिल्सिनाले उम्मेदवारी दर्ता गरेका छन्। एमाले र माओवादीको प्रस्ताव र समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। तिमिल्सिनाको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा खिमलाल भट्टराई र समर्थकमा माओवादीका राष्ट्रिय सभा सदस्य दिनानाथ शर्मा र एमालेका राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल रहेका छन्। तिमिल्सिनाले संघीय संसदको कार्यालय बानेश्वरमा उम्मेदवारी दर्ता गरेका हुन्। सोमबार साढे १२ तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन्। नेकपा एमालेको बिहान बसेको शीर्ष नेताको बैठकले राष्ट्रियसभा अध्यक्षमा प्रदेश ४ बाट निर्वाचित गणेश तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको सोमबार बसेको बैठकले तिमिल्सिनालाई राष्ट्रियसभा अध्यक्ष बनाउने निर्णय गरेको हो। नेपाली कांग्रेसले भने राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी नदिने बताएको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी नदिने जानकारी गराएका छन्। कांग्रेसले उम्मेदवारी नदिने भएपछि तिमिल्सिना निर्विरोध अध्यक्ष बन्ने सम्भावना रहेको छ। राष्ट्रियसभा अध्यक्षको उम्मेदवारी बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तय गरिएको छ।