महिला विश्वकपमा अष्ट्रेलियाको अपराजित यात्रा जारी

180

चैत १,

आइसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार चौथो जित हात पारेको छ। न्यूजिल्याण्डमा जारी प्रतियोगितामा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै अपराजित यात्रा जारी राखेको हो।प्रतियोगितामा वेस्ट इन्डिजको भने यो दोस्रो हार हो। प्रतियोगितामा शतप्रतिशत नतिजा निकालेको अष्ट्रेलिया ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ। वेस्ट इन्डिज भने ४ अंकका साथ पाँचौं स्थानमा छ। जारी विश्वकप खेलिरहेका ८ टिममध्ये शीर्ष चार टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।दक्षिण अफ्रिका ६ अंकसहित दोस्रो स्थानमा रहँदा भारत ४ अंकका साथ तेस्रो र समान ४ अंक नै भएको न्यूजिल्याण्ड चौथो स्थानमा रहेको छ। वेलिङटनमा मंगलबार वेस्ट इन्डिजले पहिलो ब्याटिङ गर्दै १३२ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य अष्ट्रेलियाले ३०.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। अष्ट्रेलियालाई जिताउनका लागि कप्तान रिचेल ह्येनिङले सर्वाधिक ८३ रनको नटआउट इनिङ खेलिन्। वेस्ट इन्डिजका लागि हेली म्याथ्यूज, समिला कोनेल र चिनेल हेनरीले समान एक-एक विकेट लिएका थिए।