फागुन २१,
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई तिहाइ नजिकको शक्ति हुँदा समेत केपी शर्मा ओलीले एमसिसी संसद्बाट अगाडि बढाउन नसकेको आरोप लगाएका छन्। कांग्रेसनिकट निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘निर्वाचन मुखमा छ। देशलाई समृद्धिको बाटोमा लैजान कांग्रेसले एक पटक होइन तीनपटक विजयी हुनेगरी जानुपर्छ। त्यो दल पनि कांग्रेस नै हो।’ हालसम्म जति बलियो प्रधानमन्त्री भए पनि ५ वर्ष कसैले नेतृत्व गर्न नसकेको बताए। आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने प्रष्ट भएकाले बहुमतको सरकार किन टिक्न सक्दैनन् भन्नेबारेमा सचेत हुनेपर्ने औँल्याए।
‘पार्टी र सरकारका द्वन्द्व कसरी समाधान गर्न सकिन्छ भनेर कांग्रेस जिम्मेवार बन्नुपर्छ। सरकार अस्थिर हुँदा जनताले दुःख पाउँछन्। त्यसैले वेलैमा सोच्न आवश्यक छ’‚ उनले भने, ‘राष्ट्रियता र निर्वाचन जित्ने कुरामा कांग्रेस एकताबद्ध छ। त्यसको उदाहरण एमसिसीमा पनि दियो।’ दुई तिहाइको सरकार हुँदा समेत ओलीले एमसिसी अगाडि बढाउन सकेको आरोप लगाए। महामन्त्री शर्माले भने, ‘ओलीले एमसिसी संसद्मा दर्ता गराए। प्रचण्ड, माधव नेपाल, सभामुख र दुई तिहाइ पनि थियो। साथ दिने प्रतिपक्षी दल कांग्रेस पनि थियो‚ ओली लत्रिए‚ सकेनन्। २३ सिट जितेको दलका नेता देउवाले एमसिसी लग्दै गर्दा अरू कोही थिएनन् तर पास भयो।