प्रदेश १ : पदावधि सकिनै लाग्दा नामको विषयमा छलफल सुरु

48

फागुन १०,

विराटनगर : प्रदेश सरकार गठन भएको चार वर्षपछि प्रदेश १ को नाम राख्ने विषयमा सरकारले आज (मंगलबार)देखि औपचारिक छलफल सुरु गरेको छ।७ प्रदेशमध्ये ६ वटा प्रदेशले नाम टुंगो लगाएसँगै प्रदेश १ मा भने सुरसार नै नभएका वेला पहिलोपटक पाँच दलीय गठबन्धनले नाम राख्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरेर औपचारिक छलफल सुरु गरेको छ। सरकार गठन भएको चार वर्ष बितिसक्दा तीन मुख्यमन्त्री पाएको प्रदेश १ ले २०७६ वैशाख २३ मा प्रदेश १ ले राजधानी तोकेको थियो।बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित गठबन्धनका दलहरूको सहभागी रहेको छलफलमा प्रदेशमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, दलका प्रदेश कमिटीका अध्यक्ष तथा सभापतिहरू र सरकारका मन्त्रीहरू सहभागी थिए।छलफलका क्रममा सबै दलले प्रदेशको नामकरणको विषयलाई साझा मुद्दाको रूपमा अगाडि बढाएर सर्वसम्मतिमा नामकरण गर्न सुझाव दिएका थिए। छलफलमा कुनै पनि दलले ठोस प्रस्ताव नल्याए पनि अधिकांश दलले पहिचानका आधारमा प्रदेशको नाम हुनुपर्नेमा जोड दिएका छन्।छलफललाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम राख्न निकै ढिला भइसकेकाले सबै दलले मिलेर टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्। मुख्यमन्त्री राईले प्रदेशको नामकरण सबै दलको दायित्व भएकाले लचक हुन उनले सबै दललाई आग्रह समेत गरे।