काठमाडौं । एमसीसीको विरोधमा गरिएको प्रदर्शनका क्रममा विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारण गरेर संयौ मानिस पक्राउ परेका छन् । साथै दर्जनौं घाइते भएका हुन् । प्रहरी र प्रदर्शनकारीबीचको मुठभेडमा केही प्रदर्शनकारी घाइते भएका हुन् । घाइते हुनेहरुमा विप्लव खड्का, सञ्जु राई, दिपक विष्ट, सुदर्शन मिश्र लगायत रहेका छन् ।
घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ, अन्य केही सामान्य घाइते भएका छन् । घाइते हुनेहरु माओवादीको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका नेता, कार्यकर्ता रहेका छन् ।














