‘हरे राम’ लेखिएको विकिनी टप लगाउदा विरोध

82

कार्तिक ३०,
एजेन्सी – बलिउड नायिका वाणी कपुर आफ्नो फेसन र बोल्ड फोटोसुटका कारण चर्चामा छाइरहन्छिन् । तर, वाणीले हालै आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गर्दा आलोचित भएकी छिन् । उनले ‘हरे राम’ लेखिएको विकिनी टप लगाउदा आलोचित भएकी हुन् । उनको यो ड्रेस मानिसहरुलाई मन परेन र उनीहरुले वाणीलाई सामाजिक सञ्जालमा ट्रोल गरिरहेका छन् । साथै उनले धर्मको मजाक उडाएको भन्दै विरोध जताइरहेका छन् ।