भक्तपुरका एमाले अध्यक्षको जन्मदिन: कार्यकर्ता संरक्षण कोषको स्थापना

430

माघ १४,
भक्तपुर । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका अध्यक्ष आफ्नो जन्म दिनको अवसरमा नयाँ कार्यको सुरुवात गरेका छन् । एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जन्मदिनकाे अवसरमा एक कार्यक्रम गर्दै नगद ५१ हजार रुपैयाँँ राखेर पार्टी कार्यकर्ता संरक्षण काेषकाे शुभारम्भ गरेका हुन् ।

उक्त काेषमा एमाले केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला ईन्चार्ज साेमप्रसाद मिश्रले पचास हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । सो कोषमा एमाले भक्तपुरका नेता बिष्णु तामाङले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने भएका हुन् ।

उक्त काेषको रकम परिचालनकोलागि कार्यबिधी निर्माण गरि अप्ठ्यारोमा परेका कार्यकर्तालाई सहयाेग गर्ने उद्देश्य हुने एमाले भक्तपुरका अध्यक्ष देउजाको भनाइ छ ।