नागरिकता बिद्येयकमा ५४ जना सांसदले संसोधन प्रस्ताव दर्ता

85

काठमाडौं । सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संसोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संसदमा पेश भएको नागरिकता बिद्येयक फिर्ता लिएर पुनः सरकारले नयाँ बिद्येयक पेश गरे पछि ५४ जना सांसदले संसोधन प्रस्ताव दर्ता गराएका हुन् ।

संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ५४ सांसदले ३१ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसरी संशोधन दर्ता गराउने अधिकांश सांसदले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले नेपालमा बसोबास गरेको ७ वर्ष पछि मात्रै नागरिकता प्रमाणपत्र दिनुपर्ने प्रावधान राख्नुपर्ने उल्लेख गरेका छन ।

राज्यव्यवस्था तथा सुशासन समितिले दुई वर्षअघि नै विधेयकमाथि दफावार छलफल गरी प्रतिनिधिसभामा प्रतिवेदन पेश गरिसकेको भएपनि हालै सरकारले सो बिद्येयक फिर्ता लिएर नयाँ बिद्येयक दर्ता गराएको हो । सो बिद्येयकमा दलहरुबीच पूर्ण सहमति नभएपनि समितिले विदेशी महिलालाई नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने संशोधन राख्ने विषय बहुमतले निर्णय गरेको थियो । पुनः संसदमा पेश भएको नागरिकता बिद्येयकमा चार दर्जन भन्दा बढी संसोधन प्रस्ताव दर्ता भए पछि सरकारले सो बिद्येयक आजको प्रतिनिधिसभा बैठकमा अघि बढाएको छैन ।