भक्तपुरमा मास्क नलगाउने १५२ जनालाई कारवाही

271

माघ ५,
भक्तपुर । भक्तपुरमा मास्क नलगाउने १५२ जनालाई कारवाहि गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरुवाट साँगा नाका, सूर्यविनायक चोक, राधे-राधे, दरबार स्क्वायर टौमणीमा स्वास्थ्य मापदण्डको पालनाको अनुगमन गरिएको थियो । बुधबार मात्र नेपाल प्रहरीले स्वास्थ्य मापण्दण्ड पुरा नगरि संचालन गरिएका ठूला साना ५०० गाडीलाई कारवाहि गरेको छ ।