प्रभु लाइफको एजेन्सी कार्यालय संचलानमा

428

माघ ७,
भक्तपुर । भक्तपुरको कमलविनायकमा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडको एजेन्सी कार्यालय संचालनमा आएको छ । एक कार्यक्रमबिच कम्पनीका बरिष्ठ एजेन्सी मेनेजर तथा चेयरम्यान क्लब सदस्य ओमप्रसाद घिमिरे कार्यालयको साँचो प्रदान गरिएको छ ।

विहिबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले हस्तान्तरण गर्दै भक्तपुर र आसपासको क्षेत्रमा बीमा बारे सचेतना जगाउन कार्यालय सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा प्रभु इन्स्योरेन्स प्रमुख ब्यवसाय अधिकृत प्रयाश श्रेष्ठ, एजेन्सी विभाग प्रमुख प्रभात सिवाकोटी, बागमती प्रदेश प्रमुख सागर के.सीलगायतको उपस्थिती रहेको थियो ।