प्रेस चौतारी भक्तपुरको अध्यक्षमा हेमराज ढकाल

90

पुस २९,
भक्तपुर । प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अध्यक्षमा हेमराज ढकाल सर्वसम्वत चयन भएका छन् । विहिबार सम्पन्न चौंथौं अधिवेशनको बन्द सत्रबाट ढकालको नेतृत्वमा १३ सदस्य रहेको जिल्ला शाखा गठन भएको हो ।

शाखाको उपाध्यक्षमा ऋषिकेश श्रेष्ठ, मिना घोरासाइने, सचिबमा आशिष पौडेल, सहसचिबमा राजकुमार लामिछाने, विपना मुसिख्वाल, कोषाध्यक्षमा नारायण थापा सर्वसम्वत चयन भएका छन् । त्यसगरि सदस्यहरुमा सविना केसी, देबेन्द्र प्रजापति, सिर्जना खतिवडा, प्रतिकराज कार्की रहेका छन् भने दुई सदस्यपछि थप हुनेछन् ।