नेपालमा सुरु भयो हाइड्रोजनबाट चल्ने कार बनाउने कार्य

131

मंसिर १८,
काभ्रे । पेट्रोलबाट चल्ने मारूती ८०० कारलाई हाललाई विद्युत र भविष्यमा हाइड्रोजनबाट चलाउन मिल्ने गरेर बनाउदैं छन् । काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयू) र नेपाल आयाल निगमकोे सहकार्यले सो कार्य हुदैं छ । मारुती कार रूपान्तरणको काममा काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययरत १६ जना विद्यार्थी सक्रियका साथ लागेका छन् ।
जसको नेतृत्व अभिषेक मिश्र, तेजराज थारू, नविन मिश्र, विराज खरेल लगायतले गरेका छन् । त्यसको संयोजन भने विश्वविद्यालयकै विद्यार्थी इन्जिनियर विश्वास न्यौपानेले गरेका छन् । ‘चार समुहमा विभाजित गरेर दैनिक रुपमै पेट्रोल गाडीलाई ब्याट्रीबाट चल्ने बनाउदैँ छन्,’ प्राध्यापक डा.विराजसिंह थापाले बताए ।

काठमाडौं विश्वविद्यालयले २५ वर्ष पुरानो पेट्रोल कारलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको गर्दैंछ । उक्त गाडी संस्थापक उपकुलपति प्रा.डा.सुरेशराज शर्माले चढ्ने गरेको थिए । रुपान्तरित सो कार यसैसाता परीक्षण गरिने विश्वविद्यालयले जानकारी दिएको छ । पेट्रोलबाट चल्ने मारूती ८०० कारलाई विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङमा अध्ययन गर्ने विद्यार्थीले बिजुलीबाट चल्ने कारका रूपमा रूपान्तरण गरेका हुन् । करिब ४ महिनापछि भने हाइड्रोजनबाट चलाउने तयारी रहेको छ । यो योजना सफल भएका सो गाडी नेपालमै पहिलो हाइड्रोजन इन्धनयुक्त गाडी समेत हुनेछ ।

प्राध्यापक डा.थापाका अनुसार पेट्रोलबाट चल्ने सो कारलाई बिजुलीमा रूपान्तरण गर्न करिब पाँच लाख रूपैयाँ खर्च भएको छ । विश्वविद्यालयले सोही कारलाई अबको चार महिनाभित्र हाइड्रोजनबाट चल्ने कारको रूपमा परिवर्तन गर्ने योजना बनाएको छ । यसका लागि अहिले कार्ययोजना अनुसार अन्य सबै काम सकेर आवश्यक सामान आयातको टेण्डर गरिएको थापाले बताए । सो सामान आएको दुई साताभित्रै सो कारलाई हाइड्रोजनबाट चल्नेमा रूपान्तरण गरी परीक्षण गरिनेछ । सबैको सहयोग, राज्यले उचित नियम बनाउने र आवश्यक लगानि गर्ने हो भने यो देश केही वर्षभित्रमा अर्बौ रुपैयाँको आयत हुने पेट्रोलिय पर्दाथ विस्थापित गर्न सफल हुनेछ ।