जापान जान प्रतिबन्ध

242

मंसिर १३, काठमाडौं । जापानले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको छ । विभिन्न मुलुकमा नयाँ कोरोना भाइरस फैलिने क्रमबीच जापानले अन्तर्राष्ट्रिय यात्रुलाई प्रवेशमा रोक लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । सोमबार जापानी प्रधानमन्त्री फुमिओ किशिदाले सबै विदेशी यात्रुलाई मुलुक प्रवेशमा रोक लगाउने बताए ।