कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

144
सांकेतिक तस्विर

मंसिर १३,
सर्लाही। सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनमा गोली चलेको छ । तेस्रो पटकको सहमतिपछि र दुई जना निर्वाचन अधिकृत फेरिएपछि आइतबार निर्वाचन हुने सहमति बनेको थियो । सहमति अनुसार आइतबार कतिपय वडामा अधिवेशन शुरु भयो । बलरा नगरपालिका वडा नम्बर ९ को अधिवेशसन पनि स्थानीय सीता निमाविमा भइरहेको थियो । तर, विवाद बढेपछि गोली नै चलाइयो ।
आइतबार साँझ ६ बजेतिर अधिवेसनस्थलमा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह पुगेपछि विवाद भएको थियो । विवादका क्रममा मन्त्री सिंहका निजी सुरक्षाकर्मी (अंगरक्षक) रामचन्द्र खंगले आफ्नो पेस्तोल पड्काएका हुन् ।

सर्लाही जिल्ला क्षेत्र नम्बर ४ अन्तर्गतको यो ठाउँमा अधिवेशन भइरहँदा प्रदेशका मन्त्री सिंह गएपछि विवाद उत्पन्न भएको थियो । मन्त्री सिंह पक्षका अनुसार संघीय सांसद अमरेस सिंह पक्षीय कार्यकर्ताले निर्वाचन अधिकृतलाई नियन्त्रणमा लिई आफूखुशी माइन्यूट गर्न खोजेका थिए । यसो नगर्न आग्रह गरेपछि आफूहरुमाथि अमरेश पक्षीय कार्यकर्ताले आक्रमण गरेका थिए । आक्रमण गरेपछि अंगरक्षकले गोली चलाएको मन्त्री पक्षको भनाइ छ । गोली चलेपछि बलरा नगरपालिकाको वडा नम्बर ८ र ९ को अधिवेशन स्थगित गरिएको छ ।